२७ बैशाख २०८१, बिहिबार
Tags

पशुपति ज्वेलर्समा प्रहरीको छापा, १ क्विन्टल चाँदीको गरगहना सहित भारतीय नागरिक पक्राउ

रणभूमी डेस्क शुक्रबार, कार्तिक १७, २०८०

विराटनगर / विराटनगर ११ मा रहेको पशुपति ज्वेलर्स मा प्रहरीले छापा मारी करिब १०० किलो चाँदी र १३ तोला सुन जफत गरेकाे छ ।

पशुपति ज्वेलर्स को सञ्चालक पश्चिम बंगाल मादिनिपुर घर भएका वर्ष ४५ को विराटनगर ११ बस्ने विश्वनाथ साहलाई उनकै पसलबाट प्रहरीले चाँदी र सुन सहित नियन्त्रणमा लिएको हो ।

विहीवार दिउँसो करिब १ बजेको समयमा प्रहरीलाई प्राप्त भएको गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालयका मोरङ्ग र वडा प्रहरी कार्यालय विराटनगरबाट परिचालन भएको सादा पोसाकको प्रहरी टोलीले ज्वेलर्स मा अवैध रुपमा भण्डारण गरेको चाँदी र सुन को अपरेसनमा लागेका थिए । साहले अवैध रुपमा ल्याई ज्वेलर्स मै चाँदी भण्डारण गरी राखेको हुनाले उक्त चाँदी र सुन समाउन जिल्ला प्रशासन कार्यालयमा मोरङ्ग, आन्तरिक राजस्व कार्यालय र विराटनगर भन्सार कार्यालय रानी को सहयोगमा पसलमा छापा मारी चाँदी र सुन जफत गरेकाे थियो ।

विराटनगर भन्सार कार्यालय रानीमा ल्याई उक्त चाँदी र सुनको गरगहनाहरु नापाजोख गर्दा जम्मा ९९ किलो ९४६ ग्राम ५ मिलीग्राम चाँदी र १३ तोला अर्थात १५३.८ ग्राम सुन रहेको थियो ।
तिहारको धन्तेरस बिक्री गर्ने उद्येश्यले अवैद्य रुपमा भारत बाट ल्याई भण्डारण गरेको चाँदीको गहनाहरुमा टिका दानी ७ सय ३७ थान, करुवा १६ हजार ७ सय ८५ थान, प्लेट १ हजार ७ सय ६७ थान, डरकस कमरदानी ८ हजार ९ सय ७४ थान, माला र टिका ६ सय ५५ थान, पाउजु २७ हजार ४ सय ३५ थान, खुट्टा को गहना २ हजार ६ सय १८ थान, पूजाको सामान १८ हजार १ सय ३६ थान, घाँटीको गहना ३ हजार ७ सय ४० थान, हाथको बाला पञ्जा ब्रासलेट ३ हजार ९ सय थान, सिक्का ८ हजार ९ सय ८५ थान, चानी रिङ्ग ८ हजार ५ सय ४७ थान, लकेट ४ हजार ९ सय ३० थान, हाथ खुट्टाको औंठी ४ हजार थान, बाला २ हजार ५ सय ९० थान र अन्य गहना ४९४ थान तथा काचो चाँदी ७६० थान रहेको थियो ।

त्यसै गरी शिरफूल, पेण्डल माला, जन्तर, चन्द्रमा, तिलहरी, मङ्गलसुत्र, का टप, औंठी गरी १५३.८ ग्राम सुनको गहनाहरु रहेको थियो ।

भन्सार कार्यालयले उक्त गर गहनाहरु जफत गरी आवश्यक मुद्दा प्रक्रिया अगाडि बढाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्