२७ बैशाख २०८१, बिहिबार
Tags

फोक्सो अप्रेसनको लागि साह द्वारा आर्थिक सहयोगको अपील

रणभूमी डेस्क सोमबार, मंसिर ११, २०८०

राजविराज / जीवन मृत्यु सँग लडीरहेकी राजविराज बस्ने विवेक साहको सानिमा आशा देवी साहको उपचारको लागि विवेकले सहयोग अपील गरेका छन ।

एक होटलको भरमा ४ जना सन्तानको भरण पोषण गर्ने वर्ष ४० की महिला आशा देवी साह करिब एक महिना देखि फोक्सो बिग्रिएर अस्पतालमा मृत्यु सँग लडिरहेकी छन् ।

बिरामी भएपछि उपचारको लागि विराटनगर स्थित नोबेल मेडिकल कलेज र सुनसरीको धरानमा बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान “घोपा” मा पनि उपचारको लागि लगियो तर रोग पता नलागेपछि उनलाई भारतको दरभंगा अस्पतालमा पनि लगियो तर त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले आशा लाई पटना स्थित एमस् अस्पतालमा उपचार भईरहेको विवेक ले बताए । हाल डाक्टरको निर्देशन अनुसार उहाँको फोक्सो पूर्ण रुपमा बिग्रिएको छ, तत्काल लङ्स को अप्रेसन गरेर उपचार गर्नुपर्ने बताए । अहिले आशालाई अक्सिजनको मदतले बचाई राखिएको छ, उनलाई एक दिन मा तीन सिलिन्डर अक्सिजन लाग्ने गरेको विवेकले बताए । हाल सम्म उनको उपचारमा ४ लाख बढी खर्च भईसकेको र उनको पारिवारिक अवस्था, आर्थिक रुपमा अत्यन्तै कमजोर भएको  र एक ९ वर्षिय छोरा र तीन जना १०, १४ र १९ वर्ष की छोरीहरू छिन् । उनको उपचारमा समस्या भएका कारण मनकारी सहयोगी मन भएका व्यक्तिहरूलाई उनको उपचारमा आर्थिक सहयोग गरिदिनुहुन भनी आर्थिक सहयोगको अपील गरेका छन् ।

उनलाई उपचारमा सहयोग गर्न सानिमा बैंक को राजविराज शाखाको विवेक कुमार साह काे खाता नम्बर ०५८०११०६०००२८११ मा सहयोग रकम जम्मा गरेर सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् । विवेक साहको सम्पर्क नं ९८१९७१७५५० रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित