१६ बैशाख २०८१, आइतबार
Tags

मिल्स एरियामा ‘रानी मिनी महोत्सव २०८०’ उदघाटन, रोयल भईव स्टुडियोको बेजोड प्रस्तुति

रणभूमी डेस्क बुधबार, मंसिर २०, २०८०

विराटनगर / विराटनगरको मिल्स एरियामा ‘रानी मिनी महोत्सव २०८०’ उदघाटन भएको छ ।

मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा मंसिर २० गतेदेखि पुष २० गतेसम्म चल्ने महोत्सव को विराटनगर १५ का वडा अध्यक्ष प्रकाश साहले उदघाटन गर्नुभएको हो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । बालबालिकाहरूको लागि रोटे पिङ, झुला, ड्राईगण रेल, कार झुला लगायतका खेल तथा मनोरञ्जनात्मक सामाग्रीहरु राखिएको छ ।एक महिना सम्म चल्ने महोत्सवमा दर्जनौ फुड स्टलहरु समेत रहको छ ।

महोत्सवको पहिलो दिन रोयल भईव स्टुडियोको कलाकारहरुले विभिन्न हिन्दी तथा नेपाली गीतहरुमा नृत्यको बेजोड प्रस्तुति समेत दिएको थियो ।

विराटनगर महानगर पालिका को वडा नं १५ र १६ का वडा अध्यक्ष प्रकाश साह र उद्धब कुमार भुजेलले एक साथ गर्नुभएको थियो ।

मिल्स भेट्रान्स क्बलले राष्ट्रिय स्तरको खेलाडीहरु उत्पादन गर्नको लागि विराटनगर जुट मिल्सको खेल मैदानमा एक वर्षदेखि १५ देखि १६ वर्ष माथिका बालबालिकाहरुलाई प्रशिक्षण गराउँदै आएका छन् । नियमित ७० देखि एक सयसम्म साना बालबालिकाहरु प्रशिक्षणमा रहेका छन् ।

महोत्सवबाट आम्दानी भएको रकम खेलाडीहरुको प्रशिक्षण खर्च गरिने मेला संयोजक मिलान थापाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्