१५ बैशाख २०८१, शनिबार
Tags

बोईलर कुखुरामा प्रयोगहुने चार लाख बढीको औषधि सशस्त्र प्रहरी द्वारा पक्राउ

बोईलर कुखुरामा प्रयोगहुने चार लाख बढीको औषधि सशस्त्र प्रहरी द्वारा पक्राउ

Ranbhumi मंगलबार, फाल्गुण २५, २०७७

बिराटनगर / भारत बाट अवैध रुपमा नेपाल ल्याईरहेको ठुलो परिमाणको पशु पंक्षी लाई प्रयोग हुने औषधि सशस्त्र प्रहरीको टोलीले रातीको समयमा पक्राउ गरेको छ ।

केसलिया खोला नजिक खेतै खेत को बाटो भएर ४ वटा साईकलमा औषधि तस्करी गरी नेपाल ल्याउदै गरेको गोप्य सुचनाको आधारमा राती १२ बजेर २५ मिनेटको समयमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरी बाट सप्रनि दिल कुमार पन्तको नेतृत्वमा खटेको टोलीले पक्राउ गरेका हुन । औषधि बोक्ने भरियाहरु नेपाल प्रवेश गरिसकेपछी पासो थापेर बसेको सशस्त्र प्रहरीलाई देखेपछी औषधि र साईकल छोडेर भरियाहरु पुण: भारत तर्फ़ भाग्न सफ़ल भएका थिए ।

बरामद गरिएको औषधिहरुमा बोईलर कुखुरामा प्रयोग हुने मल्टी सोल नाम गरेको औषधि ५ सय एम.एल को बोतल १ सय ८६ थान जस्को प्रति बोतल प्रिन्ट मुल्य रु ६९० भारु र नेपाली मुल्य ११०४ रहेको छ भने २ सय एम.एल को सिसि १ सय ४८ थान भारु प्रति सिसि मुल्य ३ सय ६० र नेपाली मुल्य ५ सय ७६ रहेको छ । त्यसै गरी सोही औषधि १ सय एम.एलको सिसी ४ सय ३३ थान रहेको र जस्को भारतीय प्रिन्ट मुल्य १ सय ८५ रुपैया नेपाली रुपैयामा हेर्दा २ सय ९६ रुपैया पर्न जाने औषधिहरु पक्राउ गरी आवश्यक कार्वाहीको लागी बिराटनगर भन्सार रानीमा दाखिला गर्ने तयारीमा रहेको बिओपी प्रमुख दिल कुमार पन्तले बताउनुभयो । पक्राउ गरेको औषधिहरुको प्रिन्ट अनुसारको जम्मा मुल्य रु. ४ लाख १८ हजार ७ सय ६० रुपैया भएको र पक्राउ गरिएको चार थान साईकलहरुको १ हजार रुपैया प्रति साईकल मुल्यांकन गरी भन्सार दाखिला गर्ने भएका हुन ।

प्रक्रिया पुर्याएर समयमै औषधि निलामी गर्न सहजताको लागी बिराटनगर भन्सार कार्यालय रानीले उक्त औषधिको प्रिन्ट मुल्य भन्दा ४० प्रतिशत मुल्य घटाएर भन्सार बुझेको छ । यसरी भन्सार दाखिला गर्दाको मुल्य ३ लाख ८ हजार ६० रुपैया मुल्यांकन हुन गएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्