२७ बैशाख २०८१, बिहिबार
Tags

जोगवनी नाकाबाट १० जना महिलाहरुको उद्धार

रणभूमी डेस्क बिहिबार, पुष ०५, २०८०

विराटनगर / साना हातहरू नेपाल र ईलाका प्रहरी कार्यालय रानी को सहयोगमा विभिन्न प्रलोभनमा भारत लैजान लागेको १० जना युवतीहरुको उद्धार गरेको छ ।

सिन्धुपाल्चोक घर हुने ३ जना, जाजरकोट घर हुने १ जना र मोरङ्ग जिल्ला की ४ जना महिला तथा युवतीहरुलाई वैदेशिक रोजगारको प्रलोभनमा पारेर तथा दुई जनालाई नेटवर्किंग विजनेसको प्रलोभनमा पारेर बुधवार विराटनगर महानगर पालिका को वडा नं १५ स्थित रानी भन्सार नाकाको बाटो भएर भारत जाँदै गरेको अवस्थामा मानव तथा चेलीबेटी बेचबिखनविरुद्ध को संस्था साना हातहरू नेपाल र ईलाका प्रहरी कार्यालय रानीको प्रहरीको सहयोगमा उद्धार गर्न सफल भएको हो । जसमा ६ जना विवाहित महिला र दुई जना अविवाहित युवती रहेकी थिइन् । विवाहित महिलाहरु मा कसैको सम्बन्ध विच्छेद भएको त कसैको श्रीमान को देहान्त भईसकेको महिलाहरु रहेकी थिइन् ।

मोरङ्ग को दुई जना महिलालाई विराटनगर महानगर पालिका को ४ नं वडामा बस्ने राजु रिजाल नाम गरेकाे दलालले वैदेशिक रोजगारको लागि पहिले काठमाण्डौ बाट उडाउने भनी काठमाण्डौ कै एक होटलमा करिब १ महिना सम्म राखेर त्यहाँ बाट उडाउन सम्भव नभएको भनी उनीहरूलाई विराटनगर बोलाएर विराटनगरको ट्राफिक चौक नजिकै एक गेस्ट हाउसमा २ दिन सम्म राखेर जोगवनीको बाटो हुँदै भारत बाट उडाउने भनेर जाँदै गरेको अवस्थामा साना हाथहरु नेपाल संस्थाका प्रतिनिधिहरूले फेला परेको थियो ।

त्यसै गरी आर्थिक र पारिवारिक अवस्था अत्यन्तै कमजोर भएको अन्य ६ जना महिलाहरु पनि विभिन्न दलालहरु मार्फत सुरुमा काठमाण्डौ बाटै प्रयास गरेको वैदेशिक रोजगारीमा दुवई, कुवेत, ओमान पठाई देने ३५ देखी ४० हजार रुपैयाँ कमाइ हुने प्रलोभनमा पारेर काठमाण्डौ बाट सम्भव नभएको र भारतको दिल्ली बाट लगिने भनी जोगवनी को बाटो भएर भारत तर्फ जाँदै गर्दा संस्थाले फेला परेको थियो । उनीहरूलाई दलाल ले जोगवनी सामान किन्न गए जस्तै गरेर झोला समेत बोकाई सीमा पार गराउने भनी पठाएको महिलाहरुले खुलासा गरिन् ।

हाल काठमाण्डौ एयरपोर्ट मा सेटिङको चेन ब्रेक भएको ले भारतको सीमा प्रयोग हुनथालेको देखिन्छ । साना हाथहरु नेपाललाई बुधवार नै केही युवतीहरु सीमा पार गरेको सूचना प्राप्त भएको विराटनगर शाखा प्रमुख विवश श्रेष्ठले बताए ।

जो आर्थिक र पारिवारिक रुपमा कमजोर छन् त्यस्ता महिलाहरुलाई धेरै कमाई हुने प्रलोभनमा पारेर उनीहरूलाई वेचविखन गर्नेगरेको पाईएको श्रेष्ठ ले बताए । उद्धार पश्चात सबै युवती तथा महिलाहरुलाई परिवारको जिम्मा लगाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्