१६ बैशाख २०८१, आइतबार
Tags

मोरंग व्यापार संघ ट्रेड एक्स्पो २०२३ को तयारी पूरा, पौष ६ देखी १६ सम्म चल्नेछ मेला

रणभूमी डेस्क बिहिबार, पुष ०५, २०८०

विराटनगर / मोरंग व्यापार संघ को आयोजनामा ट्रेड एक्स्पो २०२३ तयारी पूरा भएको छ । पौष ६ गते देखि १६ गते सम्म चल्ने एक्स्पो को सबै तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी बताएका छन् ।

मुलुकको आर्थिक मेरुदण्डीय उद्योग/व्यवसायको हक, हित, संरक्षण एवं यस क्षेत्रको आर्थिक गतिविधिको विकास एवं प्रवर्द्धनका लागि निरन्तर प्रय/व्यवसायको हकको मोरंग व्यापार संघले मुलुकको विद्यमान आर्थिक शिथिलतालाई चलायमान बनाउने उद्देश्यले विगत झै यस पटक पनि विराटनगरमा औधोगीक प्रदर्शनी मेला अन्तर्राष्ट्रियस्तरीय एक्सपो को आयोजना गरेकाे हो ।

कोशी प्रदेशका स्वदेशी उत्पादनहरू सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा झल्काउँदै गतिशील एवं प्रभावशाली बनाउने उद्देश्यले समय समयमा यस ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा मेला, महोत्सव, प्रदर्शनी आदि आयोजना गर्दै आएको मोरङ्ग व्यापार संघ का अध्यक्ष नवीन रिजाल ले बताए ।

भने यस आर्थिक क्षेत्रको गतिविधिहरूको सम्वर्द्धन एवं विकासका लागि विगतमा आयोजना गरिएका मेला, महोत्सव, एक्स्पो आदिहरूको उदाहरणीय सफलता हासिल गर्दै यस क्षेत्रको उद्योग, व्यवसाय, कृषि, पर्यटन तथा सेवा क्षेत्रहरूको विकास र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको रिजालले स्मरण गराए ।

‘मोरंग व्यापार संघ एक्स्पो २०२३’ को पूर्व संध्यामा पत्रकार सम्मेलन गरी एक्स्पोका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै शुक्रवार मिति २०८० पौष ६ गते एक्स्पोलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समु‌द्घाटन गर्ने बताए ।

यस पटकको मेलामा ३० हजार वर्ग फिटको नेपालकै सबै भन्दा ठूलो जर्मन प्रविधिका हेंगरमा निर्मित करिब २४० स्टलहरू सबै बुक भई सकेका जानकारी गराए । महोत्सवलाई अकर्षक बनाउन पशुपतिनाथ र खयंभु प्यागोडा आकृतिको २५ फिट अग्लो मुख्य प्रवेशद्वार र ५५ फिट अग्लो आई. फिल. टावरको आकृति निर्माण गरिएको छ ।

एक्स्पोमा कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिका सह-आयोजकका रूपमा रहेका छन् भने यसको डायमण्ड स्पोन्सरमा महासैन दी हट्टी, श्री कृष्ण ट्रेडर्स, विराटनगर रहेको छ ।

यसै गरी यस एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश, उद्योग संगठन मोरङ, मोरंग अटोमोवाईल डिलर्स एशोसिएसन, नेपाल घरेलु तथा साना उद्योग महासंघ, विराट व्यापार संघ र प्याब्सन, विराटनगरले सहयोग गरिरहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्