१२ बैशाख २०८१, बुधबार
Tags

बिजुलीको पोलमा ठोकिएर मोटरसाईकल दुर्घटना, एकको मृत्यु र एक जना घाईते

रणभूमी शुक्रबार, साउन १५, २०७८

मोरङ / श्रावण-१५ मोरङ बेलबारी नगरपालिका ९ तिनकुटिया स्थित सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बेलबारी ९ का २८ बर्षीय उमेश चौधरी रहेका छन् ।

हिजो राती १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र.१-०२-०४३प ५७६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।

सो दर्घटनामा परि गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा राती ११ बजे मृत्यु भएको थियो भने मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० बर्षीय श्रवण कुमार विश्वास समेत घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । मोटरसाईकल अस्थाई प्रहरी चौकी डाँगाबजारमा रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्