०४ आषाढ २०८१, सोमबार
Tags

मोरङ व्यापार संघको ट्रेड एक्स्पो–२०२३ सुरु, प्रधानमन्त्री पुष्पकमल दाहाल ले गरे भव्य उद्घाटन

रणभूमी डेस्क शनिबार, पुष ०७, २०८०

विराटनगर / मोरङ व्यापार संघको आयोजनामा शुक्रबारदेखि विराटनगरमा ट्रेड एक्स्पो–२०२३ ब्यापार मेला सुरु भएको छ । उक्त मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । आर्थिक शिथिलतालाई चलायमान बनाउने भन्दै संघले आयोजना गरेको एक्स्पो ११ दिनसम्म सञ्चालन हुनेछ ।

विराटनगर–२ शंकरपुरमा लाग्ने एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनी हुने आयोजकले बताएको छ । एक्सपोमा जर्मन प्रविधिमा निर्मित हेंगरमा २४० वटा स्टल रहेको व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।

एक्स्पो आयोजना गर्न करिब ४ करोड खर्च हुने र १० दिनमा १५ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको आयोजकको भनाइ छ । एक्स्पोलाई ५ लाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । प्रदेशका कृषि उत्पादन, अन्तरप्रादेशिक व्यापार संभावना र सेवालाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने एक्स्पोको लक्ष्य छ ।

यहाँ कमेन्ट गर्नुहोस्