२७ बैशाख २०८१, बिहिबार
Tags

मिलिग्राम तौलको लागूऔषध पनि उम्किन पाउँदैन लागूऔषध नियन्त्रण ब्युरोको हातबाट

रणभूमी डेस्क बुधबार, पुष ११, २०८०

विराटनगर / लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक जनालाई ब्राउनसुगर सहित पक्राउ गरी अनुसन्धान थालेको छ ।

मोरङको बिराटनगर महानगरपालिका-१५ रानी नाका ढाट बाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई ब्युरो टोलीको प्रहरीले पक्राउ गरेको हो ।

मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका- ४ खोटाङका २५ बर्षीय मिलन राईलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट ८६ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थपअनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्