२७ बैशाख २०८१, बिहिबार
Tags

नयाँ वर्षको अवसरमा रानी-जोगवनी नाकामा भारतीय पर्यटकहरुलाई स्वागत गर्दै गिरी फाउण्डेशन

रणभूमी डेस्क सोमबार, पुष १६, २०८०

विराटनगर / नयाँ वर्ष २०२४ को अवसरमा भारतबाट नेपाल आउने पर्यटकहरुलाई नेपाली सीमामा गिरी फाउण्डेशन को संयोजक अभिषेक गिरीले नेपाली टोपी खाँदा मिठाई सहित स्वागत गरेका छन् ।

पर्यटन प्रवर्द्धन र दुई देश बीचको सम्बन्ध अझ प्रगाढ बनाउन गिरी फाउण्डेशनको संयोजक अभिषेक गिरीले जनवरी १ तारीख नयाँ वर्षको दिन आफ्नो सहयोगीहरुलाई साथमा लिई विहान को समयमा वनभोज गर्न नेपाल आउने बालक वृद्ध महिला लगाएत सबै उमेरका पर्यटकहरुलाई खाँदा नेपाली, टोपी, मिठाई लिएर नयाँ वर्षको शुभकामना सहित रानी – जोगवनी नाकामा स्वागत गर्दै पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराउँदै स्वागत गरेका छन् ।

उक्त स्वागत कार्यक्रममा विराटनगर महानगर पालिकाको १५ नं वडा का अध्यक्ष प्रकाश साह, नेपाली कांग्रेसको युवा नेता मो. फैयाज रैन, अबुल खान, समीम मियाँ (समुल्ला) लगाएत को सहभागिता रहेको थियो ।

फाउण्डेशन का संयोजक गिरीले आफ्नो सहयोगी साथीहरुलाई साथमा लिएर विभिन्न समयमा विपन्न, गरीब असहाय मानिसहरूलाई बेला बेलामा सहयोग गर्ने, विद्यालय मठ मन्दिर सरसफाई, विद्यार्थीहरुलाई पठन पाठन सामाग्रीहरु वितरण गर्दै आइरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित