२७ बैशाख २०८१, बिहिबार
Tags

करिम फाउण्डेशले रानी नाकामा गर्यो भारतीय पर्यटकहरुलाई नेपाली टोपी लगाई स्वागत

रणभूमी डेस्क मंगलबार, पुष १७, २०८०

विराटनगर / नयाँ वर्ष २०२४ को अवसरमा भारतबाट नेपाल आउने पर्यटकहरुलाई करिम फाउण्डेशनले नेपाली सीमा नाकामा नेपाली टोपी तथा खादा लगाई स्वागत गरेको छ ।

सामाजिक कार्यमा सक्रिय करिम फाउण्डेशनले नयाँ बर्षको अवसरमा पारेर सोमाबार विहान भारतबाट आउने पर्यटकलाई नेपाली टोपी लगाइदिएर स्वागत तथा सम्मान गरेको हो ।

स्वागत कार्यक्रममा मोरङ्ग निर्वाचन क्षेत्र नं ५ को संघिय संसाद योगेन्द्र मण्डल को प्रमुख आतिथ्य र विराटनगर महानगरपालीकाकी उप प्रमुख शिल्पा निराला कार्की विशिष्ठ आतिथ्यमा स्वागत कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रममा विराटनगर १५ का वडा अध्यक्ष प्रकास साह, ईलाका प्रहरी कार्यलय रानी प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्बासे, युवा अभियन्ता अस्लम आलम , हमिद अजाद लगायतले भारतबाट आउने पर्यटकहरुलाई नोपाली टोली, खादा लगाएर स्वागत गरेको फाउण्डेशनका अध्यक्ष सरफराज आलमले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित