१५ बैशाख २०८१, शनिबार
Tags

अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भार यात्रा जनकपुर सम्म

राजेश कुमार शर्मा शुक्रबार, पुष २०, २०८०

मधेश / भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगञ्जबाट आज प्रस्थान गरेको छ । जानकी मन्दिरका छोटा महन्त रामरोषण दासको नेतृत्वमा एक टोली राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भार (कोसेली) बोकेर अयोध्या हिँडेका हुन् ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीबार सुरु गरिएको यात्रा राति विरगञ्ज पुगेर विश्राम गरियो । शुक्रवार बिहान उक्त टोली वीरगन्जबाट अयोध्याका लागि प्रस्थान गरिएको छ । टोलीमा सहभागी साधुसन्त र सहभागीलाई वीरगञ्जका मेयर राजेशमान सिंह र सुरक्षा अधिकारीहरूले बिदाइ गरे । उनीहरूले पनि राम मन्दिर प्राण प्रतिष्ठाका लागि कोसेली पठाएका हुन्‌ । रक्सौलको बाटो भएर गोरखपुर हुँदै शुक्रवार रातिसम्म अयोध्यासम्म पुग्ने जानकी मन्दिरका छोटा महन्त दासले बताए ।

सुनचाँदीका गरगहना, विभिन्न प्रकारका मिठाई, लुगा र फर्निचरका समानसहितका ११ सय बढी भार (कोसेली) शनिवार बिहान राम जन्मभूमि ट्रस्टलाई हस्तान्तरण गर्ने उनको भनाई छ ।राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको संघर्षपछि राम मन्दिर निर्माण भएको छ । मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ तारिकमा तोकिएको छ ।जनकपुरधाम भगवान श्रीरामको ससुराल र माता सीताको माइत रहेकाले यहाँबाट मन्दिरको प्राण प्रतिष्ठाका लागि कोसेली लगिँदै छ । बाजागाजा र झाँकीसहितको भार यात्रामा हजारौँ साधुसन्त र श्रद्धालु सहभागी छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित