२७ बैशाख २०८१, बिहिबार
Tags

१ सय ५० बोतल लागुऔषध सहित भारतीय नागरिक दशगजामै पक्राउ

रणभूमी डेस्क शनिबार, पुष २८, २०८०

जोगवनी / १ सय ५० बोतल कोडिन युक्तकफ सिरप लागूऔषध सहित एक जनालाई पक्राउ एसएसबी ले दशगजा बाटै पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

एसएसबी ५६ औ वाहिनी जोगबनी बीओपीका जवानले शुक्रबार नेपाल भारत जंगी सीमा स्तम्भ नम्बर १८०/१ नजिकबाट एक सय ५० बोतल कोडिन युक्त कफसिरप कोरेक्स सहित जोगवनी नजिकै मिरगञ्ज घर भएका रुपेश कुमारलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

प्राप्त जानकारीका अनुसार रुपेश कुमार ले लागुऔषध लिएर सीमा पिलर नजिकै डम्पिङ साइट जस्तो देखिने रेल्वे स्टेशन को उत्तर पट्टिबाट नेपालतर्फ गइरहेकाले एसएसबीलाई शंका लागि चेक जाँच गरेको थियो । शंकाको आधारमा एसएसबीले रुपेशलाई रोकेर अनुसन्धान गर्दा उनको साथबाट १ सय ५० आगुऔषध बरामद भएको थियो ।

पक्राउ गरेका रूपेशलाई एसएसबीले बरामद लागुऔषध सहित जोगबनी प्रहरी चौकीमा बुझाएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्