१५ बैशाख २०८१, शनिबार
Tags

सशस्त्र प्रहरी गुल्म रानीको टोलीले मध्यरातमा १२१ किलो गाँजा सहित ४ जनालाई गर्यो पक्राउ

रणभूमी डेस्क सोमबार, माघ १५, २०८०

विराटनगर / सशस्त्र प्रहरीले विराटनगर -१० तिनटोलिया बाट १२१ किलो प्रतिबंधित लागुऔषध गाँजा बरामद गरेको छ । आईतवार रातिको साढे १२ बजेको समयमा सशस्त्र प्रहरीले छापा मारी गाँजा बरामद गरेकाे हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीलाई प्राप्त भएको सूचनाको आधारमा मध्यरातमा विराटनगर महानगर पालिका को वडा नं -१० स्थित गुराँस टोल एक घरको कम्पाउण्डमा पराल भित्र लुकाई राखेको अवस्थामा १ सय २१ किलो प्रतिबंधित लागुऔषध गाँजा फेला परेको थियो । सशस्त्र प्रहरी गुल्म रानीका गुल्मपति महेश केसी ले सूचना प्राप्त भए लगत्तै ११ जना सुरक्षाकर्मीको टोली सहित उक्त स्थानमा घेरा हाली गाँजा पक्राउ गर्न सफल भएको हो ।
प्राप्त जानकारी अनुसार गाँजा बरामद भएको स्थानमा विराटनगर-१३ बस्ने राम साह ले कोठा भाडामा लिई बस्ने गरेको थियो । उक्त ठाउँबाट सशस्त्र प्रहरीले गाँजा सहित राम साह सँगसँगै विराटनगर १६ घर भएका राजकुमार मण्डल, विराटनगर १६ कै उमेश राजवंशी र बारा जिल्ला कोलवी नगरपालिका -९ श्रीपुर बस्ने रवीन्द्र प्रसाद चौधरीलाई समेत पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

सुरक्षाकर्मीले उनीहरूको साथबाट नगद १ लाख ४० हजार ७७० रुपैयाँ सहित ५ थान मोवाईल सेट र एक थान मोटरसार्इकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाही प्रक्रिया अगाडि बढाएको सप्रबल नेपाल नं ३ हेक्वा टंकी मोरङ्ग ले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्