१५ बैशाख २०८१, शनिबार
Tags

समाजसेवी साह सहितको व्यक्तिहरूले गरे कोशी प्रदेश प्रहरी प्रमुख खापुङको स्वागत तथा भेट्घाट

रणभूमी डेस्क शनिबार, माघ २०, २०८०

विराटनगर / विराटनगरका वरिष्ठ समाजसेवी महेश साह स्वर्णकारले कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डि.आई.जी.) चन्द्र कुबेर खापुङलाई स्वागत गर्दै भेट्घाट गरेका छन् ।

जनताको समस्या समाधान, सुरक्षाकर्मीहरु सँग सहकार्य, सूचना आदान प्रदान तथा छिमेकी राष्ट्र बाट आउने पर्यटकहरुको निम्ति हुने सुरक्षा को विषयहरुमा छलफल गर्ने उद्येश्यले भर्खरै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आउनुभएका डिआईजी खापुङलाई स्वागत गर्न शुक्रवार कोशी प्रदेश प्रहरी कार्यालय पुगेका समाजसेवी, नेपाली कांग्रेस मोरङ्ग जिल्ला सूचना प्रचार प्रसार विभाग सदस्य तथा नेपाल भारत रेल यात्रु सहजीकरण समिति को वरिष्ठ सल्लाहकार महेश साह स्वर्णकार तथा संयोजक राजेश शर्मा र सचिव विकास मण्डलले डिआईजी खापुङ सँग भेट घाट गरेका थिए ।

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी खापुङ ले जनता सँग सहकार्य गर्दै समाजमा सुरक्षाको प्रत्याभूति गराउने, सामाजिक र जनचेतना मुलक कार्यक्रमहरु ल्याई समाजलाई सुसूचित गराउने तथा सहिलाई न्याय र गलतलाई कुनै पनि हालतमा नछोड्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय ले लागूऔषध समस्या र साईबर क्राईम का घटनाहरू कहीं कतै देखिए भेटिए सुरक्षाकर्मीलाई जानकारी सूचना प्रवाह गर्न अनुरोध समेत गर्नुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित