१५ बैशाख २०८१, शनिबार
Tags

श्रोत नखुलेको दुई करोड रुपैयाँ सहित भारतीय नागरिक सुनसरीबाट पक्राउ

रणभूमी डेस्क आइतबार, माघ २८, २०८०

सुनसरी / भारतबाट नेपाल तर्फ हुन्डीको दुई करोड रुपैयाँ नेपाल तर्फ ल्याउँदै गर्दा सुनसरी जिल्ला स्थित सुनसरी खोला नजिकै बाट प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ ।

श्रोतका अनुसार बिआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कारपियोमा भारतबाट अवैध रुपमा करौडौं रुपैयाँ नेपाल ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा सुनसरी जिल्ला को सुनसरी खोला नजिकैबाट नेपाल प्रहरीको समूहले एक स्कारपियो लाई नियन्त्रणमा लिएको थियो । चेक जाँचका क्रममा उक्त स्कार्पियो बाट एक करोड ९९ लाख नेपाली रुपैयाँ सहित भारत बिरपुर घर भएर २२ वर्षिय युवक मोहम्मद सैयद सफिलाई फेला पारी पक्राउ गरेकाे श्रोतको दाबी रहेको छ ।

रकम फेला परेपछि प्रहरीले उक्त सकारपियो सहित रकम नियन्त्रणमा लिई आवश्यक अनुसंधान थालेको सामाचार प्राप्त भएको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीले सोमवार पत्रकार सम्मेलन गरी सार्वजनक गर्ने स्रोतले बताएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्