१५ बैशाख २०८१, शनिबार
Tags

सुनसरी प्रहरीले १ करोड ८२ लाख ५१ हजार नक्कली नेपाली नोट सहित, सकार्पियो र मानिसलाई गर्यो पक्राउ

रणभूमी डेस्क सोमबार, माघ २९, २०८०

सुनसरी / सुनसरी प्रहरीले पक्राउ गरेकाे नोट नक्कली रहेको पाईएको छ । प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट सहित भारतीय स्कार्पियो र त्यसमा सवार एक जना मानिसलाई नियन्त्रणमा लिएको थियो । जसमा एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट रहेको थियो ।

भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए । भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ ।

नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको एसपी रेग्मीले बताए । प्रहरीले नक्की नोट ल्याउने गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो ।

एसपी रेग्मीले रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिने सुनसरी प्रहरीले तयारी गरेको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्