१५ बैशाख २०८१, शनिबार
Tags

सशस्त्र प्रहरीद्धारा दक्षिणगेट बाट गाँजा पक्राउ

रणभूमी डेस्क बुधबार, फाल्गुण ०२, २०८०

विराटनगर / नेपाल बाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी २ किलो प्रतिबंधित लागुऔषध गाँजा दक्षिणगेट बाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगर महानगर पालिका को १६ नं वडा स्थित दक्षिण गेट बाट लागूऔषध को कारोवार स्थल भारतको टिकुलिया बस्ती तर्फ एक जना भारतीय मूलको जस्तो देखिने युवाले बोकी ल्याएको कालो रंगको व्याग भित्र बाट सशस्त्र प्रहरीको ड्युटी टोलीले चेक जाँचका क्रममा फेला पारी बरामद गरेको हो ।

लागुऔषध तथा अवैध रुपैयाँ पैसाको कारोवार हुने भारत सँग सीमा जोडिएको ठाउँ दक्षिण गेट मा निगरानी गरिरहेको नियमित ड्युटी टोलीले व्याग बोकी भारत तर्फ छिर्नै लागेको युवालाई सशस्त्र प्रहरीले रोक्न खोज्दा युवक भारत तर्फ भागेको थियो । भग्ने क्रममा सशस्त्र प्रहरीले युवकको साथमा भएको व्याग समाउन सफल भएको स्थानीयले जनाएको छ । व्याग भित्र खोलेर चेक जाँच गर्दा त्यहाँ भित्रबाट २ वटा प्लास्टिक भित्र प्याक गरेर कपडा मुनि राखिएको गाँजा फेला परेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले उक्त गाँजा घटना स्थल बाटै मुचुल्का गरी ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

त्यसै गरी विराटनगर – १६ दक्षिण गेट बाटै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी बाटै खटेको टोलीले माघ २७ गते शनिवार १० लाख २४ हराज रुपैयाँ भारु र माघ २९ गते सोमवार मटीयरुवाबाट विराटनगर -१७ बस्ने वर्ष ३० को पवन कुमार साहलाई साहले हेलमेट भित्र लुकाई ल्याएको ७ लाख ८६ हजार ७ सय रुपैयाँ बरामद गरी साहले चढेको ०१-०२-०५१ प २४७४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिई भन्सार कार्यालय रानीलाई बुझाएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्