१५ बैशाख २०८१, शनिबार
Tags

वर्षौ देखि बन्द रहेको विराटनगर जुटमिल भित्र रहस्यमय तरिकाले भयो आगलागी

रणभूमी डेस्क बुधबार, फाल्गुण ०९, २०८०

विराटनगर / वर्षौ देखि बन्द रहेको विराटनगर जुटमिल भारतको बिरला कम्पनीले लगानी गरी पुनः सञ्चालनमा ल्याइरहेको चर्चा चलिरहेको बेला मिल भित्र रहस्यमय तरिकाले आगलागी भएको छ ।

हजारौं मानिसलाई रोजगार दिने क्षमता भएको नेपालको पहिलो उद्योग एतिहासिक विराटनगर जुटमिल भित्र मंगलवार राती अचानक आगलागी को घट्ना भएको छ । बन्द रहेको मिल भित्र अागलगी भएपछि नजिकै रहेको सशस्त्र प्रहरी गुल्म रानी को टोली र ईलाका प्रहरी कार्यालय रानी तथा ईलाका प्रहरी कार्यालय रानी सीमा बाट प्रहरीको टोली घटना स्थलमा पुगी आगलागी नियन्त्रण गर्ने प्रयास गरेको थियो ।

आगलागी घटनाको भिडियो

मिल भित्र थुप्रेर रहेको जुट को सोनको डल्लाहरुमा रहस्यमय ढंगले भएको आगलागी नियन्त्रण गर्न विराटनगर महानगर पालिका लगाएत अन्य ठाउँहरू बाट ४ वटा वारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्