१५ बैशाख २०८१, शनिबार
Tags

नाकामा कडाई, पैदल यात्रुलाई व्यवस्थपान भएपछि सुनसान देखियो रानी नाका, तर्सिए व्यापारी

रणभूमी डेस्क सोमबार, फाल्गुण १४, २०८०

विराटनगर / जहिले भरिभराउ देखिने दैनिक १ लाख भन्दा बढी मानिसहरूको आवत जावत हुने विराटनगर भन्सार कार्यालयको रानीमा सशस्त्र प्रहरीको अगुवाईमा भारतबाट अाउने पैदल यात्रु व्यवस्थापन गरेपछि नाका सुनसान देखिएको छ भने क्यारिङ पेसामा लागेका व्यापारीहरुमा त्रास उत्पन्न भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं ३ गण टंकी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विश्व खड्काको पहलमा सोमवार भन्सार कार्यालयको सहयोगमा प्रस्तावित सीमा सुरक्षा गुल्म रानीको टोलीले पैदल यात्रु व्यवस्थापन गरेको हो ।

भन्सार नाकामा दैनिक रुपमा देखिने अनियन्त्रित भिड, राजस्व संकलनमा समस्या, भारत बाट नेपाल भित्रिने सामान चेक जाँच गर्न कठिनाई भएपछि सशस्त्र प्रहरीले भन्सार हुँदै जुनसुकै प्रयोजनको लागि आउने आम नागरिकहरुलाई अनुशासनमा ल्याउन र नाका व्यवस्थित गर्न यो कदम चालेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको यो कदमले भिडभाडकाे फायदा उठाउँदै हुने अवैध चोरी निकासी पैठारी गर्नेहरूको मनोबल समेत गिरेको छ । नाकामा अवैध रुपमा सामान ओसार पोसार गर्ने एक समूहलाई सशस्त्र प्रहरीको टोलीले घेरेर बस्नु पर्ने वाध्यता थियो । सामान लिएर भाग्ने क्रममा कोही कतै कुनै ठाउँमा दुर्घट्ना हुनसक्ने जोखिम पनि उतिकै रहेको थियो । अहिले त्यो जोखिम समेत कम भएको छ र जहिले भीडभाड देखिने नाका अहिले सुनसान देखिन थालेको छ । त्यति मात्र नभएर नाकामा कडाई गर्दै व्यवस्थि गरेपछि सशस्त्र प्रहरी र भन्सार कर्मचारीलाई भारतबाट आउने सामानहरू चेक जाँच गर्न सहज भएको छ । जसमा भन्सार राजस्व लाग्ने सामानहरू सिधै भन्सार कार्यालयको यात्रु शाखा मा गई राजस्व तिर्नुपर्ने हुन्छ भने कानुनले बन्देज गरेको सामानहरू सोझै जफत हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्