१५ बैशाख २०८१, शनिबार
Tags

नाकामा कडाई भएपछि तरकारी, किराना र चामल भित्रबाट निस्किन थाल्यो तस्करीको कपडा (भिडियो सहित)

रणभूमी डेस्क मंगलबार, फाल्गुण १५, २०८०

विराटनगर / विराटनगर भन्सार कार्यालयको नाकामा सशस्त्र प्रहरी र भन्सार कर्मचारीहरुले नाका व्यवस्थित गर्दै कडाई गरेपछि तरकारी, किराना र चामल भित्रबाट तस्करीको कपडा निस्किन थालेको छ ।

तस्करी पेशामा संलग्न व्यक्तिहरू अहिले सर्वसाधारणको भेषमा विभिन्न जुक्ति लगाई सामान ओसापसार गर्नेगरेको देखिन थालेको छ ।

हुनत तस्करी पेशा गर्ने मानिसहरू अव्यवस्थित भन्सार नाकाको फायदा उठाउँदै कहिले तरकारी भित्र त कहीले किराना सामान भित्र हालेर कपडा तस्करी गर्थे भने हुँदा हुँदै चामल भित्र पनि कपडा तस्करी हुनेगरेको दृश्य नाकामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी प्रमुख महेश विक्रम केसी नेतृत्वको टोलीले फेला पार्न थालेका छन् ।
भिडियो तलको लिंकमा हेर्न सकिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्