१६ जेठ २०८१, बुधबार
Tags

प्रहरी निरीक्षक बेल्बासेलाई लायन्स क्लबले गरे विदाई

रणभूमी डेस्क बुधबार, जेठ ०२, २०८१

विराटनगर / लागूपदार्थ दुव्र्यसन रोकथाम, चोरी तस्करी नियन्त्रण लगायतका कार्यमा अग्रसर रही जनचेतनामूलक कार्यक्रमहरू गर्दै समाजमा सकारात्मक प्रभाव पारेका ईलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्बासेलाई लायन्स क्लब अफ विराटनगर, मिल्स एरियाले विदाई गरेको छ।

बेल्बासेले विभागको निर्देशन अनुसार नियमित सर्वा गरेका थिए। उहाँले यस क्षेत्रमा गरेको कामलाई उच्च मूल्याङ्कन गर्दै लायन्स क्लबले शुभकामना सहित विदाई कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बोल्दै लायन्स क्लबका अध्यक्षले मायाको चिनो प्रदान गर्दै बेल्बासेले गरिआएको कामको प्रशंसा गर्दै उहाँलाई नयाँ ठाउँमा पनि यस्तै सफलता मिलोस् भनी शुभकामना व्यक्त गरे।

बेल्बासेले आफ्नो कार्यकालमा समाजमा सकारात्मक सन्देश फैलाउन तथा अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान दिएको बताए। उनले नयाँ ठाउँमा पनि समाजको सेवा गर्न प्रतिबद्धता व्यक्त गरे।

यहाँ कमेन्ट गर्नुहोस्