१६ जेठ २०८१, बुधबार
Tags

२ सय ५० किलो गाँजासहित एक जना रानीबाट पक्राउ

रणभूमी डेस्क बुधबार, जेठ ०२, २०८१

विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त प्रहरी टोलीले गएरात बिराटनगर महानगरपालिका वडा नं. १७ स्थित एकीकृत जाँच चौकी (आईसीपी) रोडमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी निरीक्षक सन्दिप बेल्बासेको कमाण्डमा रहेको प्रहरी टोलीले राति साढे ११ बजे प्रदेश १-०२-०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा अनलोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

उक्त पिकअपको पछाडि डालामा बोरामा प्याकिङ गरिएको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजा २५० केजी बरामद गरिएको प्रहरीले जनाएको छ। पिकअप चालक धनकुटा जिल्लाको सहिद भूमि गाउँपालिका वडा नं. ३ बस्ने १८ वर्षीय दिवस राईलाई समेत नियन्त्रणमा लिइएको छ।

बरामद गाँजा र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय रानीमा लगि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्