२० कार्तिक २०८१, मंगलबार
Tags

महोत्तरीको भङ्गहा नगरपालिकामा जैविक विविधता दिवस मनाइयो

रणभूमी डेस्क बुधबार, जेठ ०९, २०८१

महोत्तरी / संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष मनाइने विश्व जैविक विविधता दिवस यस वर्ष पनि महोत्तरीको भङ्गहा नगरपालिका वडा नं. १, २ र ८ मा पर्ने गेरुका नदीको उद्गमस्थलमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा १० लाख बिरुवा रोपण अभियानका अभियानकर्ता बासु गौतमले आँप र कागतीका २०० र १०० विरुवा बितरण गरेका थिए। भङ्गहा नगरपालिका वडा नं. २ का वडाध्यक्ष इन्द्रशेखर पंजियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख संजीव साह, उपप्रमुख शान्ति कुमारी सिंह लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले जैविक विविधता र वातावरण संरक्षणको महत्व औंल्याउँदै स्थानीय स्तरबाट नै त्यसको संरक्षण र सम्वर्द्धनका लागि पहल गर्नुपर्ने बताए। पर्यावरण संरक्षणका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।

मुलुक जैविक विविधता र इकोसिस्टममा धनी भएकाले त्यसको संरक्षणप्रति सचेत हुनुपर्ने बताइएको छ। जलवायु परिवर्तनका कारण त्यसमा प्रतिकूल असर परिरहेकाले निरन्तर वृक्षारोपण र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिनु पर्नेमा जोड दिइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्