०१ साउन २०८१, मंगलबार
Tags

प्रहरीको श्रीमतीको उपचारको निम्ति आर्थिक सहयोग जुटाउन प्रहरी कर्मचारीहरूको पहल

रणभुमी डेस्क मंगलबार, आषाढ ०५, २०८१

विराटनगर / इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी नायब निरीक्षक चन्द्र बहादुर राना मगरकी श्रीमतीको स्वास्थ्य उपचारका लागि आवश्यक सहयोग गरिएको छ।

प्रनानि राना मगरकी श्रीमतीलाई क्यान्सर रोग लागेपछि उनको उपचारका लागि आर्थिक सहयोग जुटाउन प्रहरी कर्मचारीहरूले पहल गरेका हुन्। इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी कर्मचारीहरू, इलाका प्रहरी कार्यालय बुधनगर, इलाका प्रहरी कार्यालय रानी (सिमा) र अस्थायी प्रहरी पोष्ट मटेरुवाका प्रहरी कर्मचारीहरूबाट जम्मा रू ४५,००५ रकम संकलन गरिएको थियो।

उक्त रकम इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले प्रनानि चन्द्र बहादुर राना मगरलाई हस्तान्तरण गरेका छन्। यसरी संकलित रकमले राना मगरकी श्रीमतीको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास लिइएको छ। नेपाल प्रहरीका कर्मचारीहरूको यस्तो सहयोगले मानवीय मूल्यमाथि पनि प्रकाश पारेको छ।

यहाँ कमेन्ट गर्नुहोस्