१६ चैत्र २०८०, शुक्रबार
Tags

सेभ द ट्री काे बृहत बिरुवा बितरण कार्यक्रम उद्घाटन

रणभूमी शनिबार, साउन १६, २०७८

विराटनगर / श्रावण १६, सेभ द ट्री नामक संस्थाले बृहत बिरुवा बितरण उद्घाटन कार्यक्रम गरेको छ ।

मोरंग जिल्लाको जहदा गाउँपालिका वडा नम्बर २ स्थित रहेको श्री जनता मध्यमीक विधालय मझारेको प्रङ्गणमा सम्मपन्न सो कार्यक्रम तिन दिन सम्म चलने छ ।

कार्यक्रममा प्रमुख अथिती उद्योग, प्रर्यटन,वन तथा वातावरण मन्त्री प्रदेश एकका माननीय जगदीश प्रसाद कुसियैत रहेको थिए भने बिशिष्ठ अथितीमा जिवन बिकाश संस्थाका संस्थापक योगेन्द्र मण्डल रहेका थिए ।

कार्यक्रममा बशिष्ठ अथिती जहदा गाँ.पा. वडा नम्बर ३ का वडा अध्यक्ष अनिल कुमार ठाकुरले हरियो वन नेपालको धन भन्ने कुरा नारामा मात्र सिमीत भई रहेको बेलामा हामीले वन तथा बातावरण संरक्षणका लागि आ-आफ्नो जन्मदिनमा पाटी नगरी कमसे कम एउटा बिरुवा रोप्न आग्रह गरे । त्यसै गरी उनी आफ्नो जन्म दिनको अवसरमा १० वटा बिरुवा रोप्ने प्रतिबद्धता समेत जनाए ।

त्यसै गरी प्रमुख अथिती मन्त्री कुसयैतले सेभ द ट्री संस्थाका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिदै यो कार्य सहै नै साहार्नीय भएको बताए । यस्ता कार्य गर्ने मानिषलाई हामीले हौसला बढाउनु पर्छ । आज म यस्ता कार्यक्रममा आउदा एकदमै नै खुसी लागेको उनले बताए । मेरो ब्याक्तीगत तथा मेरो मन्त्रालयबाट सके सम्म सहयोग गर्ने प्रतीबद्धता जनाए ।

कार्यक्रमको अध्यक्षता गर्ने सो संस्थाको अध्यक्ष तुलसी मण्डलले भने हामीलाई यस कार्यमा सहयोग गर्नु हुने सम्पुर्ण हाथहरुलाई नमन गर्न चाहन छु । खास गरी उनले संस्थामा जुटेर सहयोग गर्ने सम्पुर्ण सदस्यहरुलाई बिषेश धन्यवाद दिएको थियो । उनले भनेँ हामी किताबमा पढेको कुरालाई सके सम्म ब्यवहारमा ल्याउन चाहन्छौ । हामीले यस संस्थालाई मोरगंको जहदामा मात्र सिमीत नराखी देशब्यापी नै फैलाउने हाम्रो योजनामा रहेको उनले बताए ।

कार्यक्रममा सब डिभिजन कार्यलय बिराटनगरका अधिकृत सहीत बिभिन्न कर्मचारी, जहदा गा.पा. को अध्यक्ष कैलाश प्रसाद मण्डल, उपाध्यक्ष सालो देवी साह, समाजसेवी तथा युवा नेता जितेन्द्र प्रशाद शाह, जहदा गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य बिनिता सिंह, सेभ द ट्री जहदा गाउँपालिका इन्चार्ज तथा गायक विष्णु राजवंशी, सेभ द ट्री को केन्द्र कोषाध्यक्ष अनुराधा राय, जहदा गाउँपालिका भित्र रहेको बिभिन्न युवा क्लबका अध्यक्ष तथा सम्पुर्ण पदधिकारीहरु, स्थानिय मानिषहरु लगायतको ब्यापक उपस्थिती रहेको थियो ।

सेभ द ट्री संस्थाले मोरगं जिल्ला भरीका बिभिन्न संघ संस्था , वन कार्यलयहरु संग सहकार्य गरी जहदा गाउँपालिका भरीको बाटोमा वृक्षा रोपन् गर्नुका साथै खुल्ला ठाँउहरुमा समेत बिरुवा रोपी त्यसको संरक्षण गर्दै आएका छन् ।

हाल सो संस्थाले आफ्नो संगठनलाई मोरगं जिल्ला भरीमा फैलाउने कार्य गदै छ । हाल यो संस्था जहदा, धनपालथान गाउँपालिका तथा रंगेली नगरपालीमा सक्रीय छ ।

यस कार्यक्रम डिभिजन वन कार्यलय बिराटनगर र जिवन बिकाश संस्था कटहरीको सहयोगमा भएको हो ।

कार्यक्रममा स्थानिय स्तरको राजबंशी र सतार जात-जातीको जातीय सांस्कृतीक झल्कने नितृय समेत प्रस्तुत गरीएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्