रणभुमी डेस्क बुधबार, आश्विन ०२, २०८१
विराटनगर / नेपालको पूर्व तथा प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा १३ औं जितिया पर्व समारोह आगामी असोज ३ गते बिहीवार विराटनगरमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्राङ्गण मा आयोजना हुने भएको छ। अप्पन बिराटगढ परोपकार समाजद्वारा आयोजित यस कार्यक्रममा नेपाल र भारतका विभिन्न क्षेत्रबाट सहभागिता हुनेछ।
कार्यक्रममा बृहत कलश शोभायात्रा, मैथिली कलाकारहरुको प्रस्तुति, विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रम, मैथिली चित्रकला प्रदर्शनी र जितिया पर्वको विधि-विधानबारे चर्चा-परिचर्चा हुनेछ। साथै, समाज र देशको विकासमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिनेछ।
संस्थाकी अध्यक्ष बसुन्धरा झाका अनुसार यस वर्षको समारोहमा हजारौं दर्शकहरुको उपस्थिति हुने अपेक्षा गरिएको छ। कार्यक्रम प्रत्यक्ष र अनलाइन माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाइएको छ।