१६ चैत्र २०८०, शुक्रबार
Tags

भारत बाट नेपाल आउँदै गरेको बोईलर कुखुरा नष्ट

रणभूमी आइतबार, साउन १७, २०७८

विराटनगर / भारत बाट अवैध रूपमा लुकिछिपी नेपाल ल्याउँदै गरेकाे बोईलर कुखुरा सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई नष्ट गरेका छन् ।

विराटनगर -१७ स्थित मेटरुवाको बाटो भएर झोलामा हाली नेपाल तर्फ ल्याउँदै गरेको ३५ हजार मूल्य बराबरको अन्दाजी सय किलो बढी तौल भएको ५० थान बोईलर कुखुरा सोही ठाउँमा डिउटीमा रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपि रानी बाट खटेको सप्रसनी निराजन माखिमको नेतृत्वमा खटेको टोलीले पक्राउ गरेको हो ।

पक्राउ गरेकाे उक्त कुखुरा पशु क्वारेन्टाईन कार्यालयको निर्देशन अनुसार खाल्डो खनी नष्ट गरेका छन ।

नेपालमा भन्दा भारतमा बोईलर कुखुरा केही सस्तो भएपनि वर्डफ्लू जस्ता संक्रामक रोग नभित्रियोस भनी नेपालमा पक्षी जन्य तथा बोईलर कुखुराहरु ल्याउन नहुने भएकोले नष्ट गरेको सशस्त्र प्रहरीले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्