०८ चैत्र २०८१, शनिबार
Tags

मैथिल ब्राह्मण महासभाद्वारा विराटनगरमा श्रीमद् भागवत पुराण सप्ताह ज्ञान महायज्ञ हुँदै

रणभुमी डेस्क सोमबार, फाल्गुण १९, २०८१

विराटनगर: मैथिल ब्राह्मण महासभा नेपाल, मोरङ जिल्ला कार्य समितिले मानव कल्याणार्थ शिक्षा, स्वास्थ्य एवं संस्कृति संरक्षण हेतु अक्षयकोष स्थापनार्थ श्रीमद् भागवत पुराण सप्ताह ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ। २०८१ चैत्र ३ देखि ९ गतेसम्म विराटनगर-९ स्थित सिटी प्यालेसमा सञ्चालन हुने उक्त कार्यक्रममा वृन्दावन निवासी कथावाचक आचार्य पं. श्री अभिषेक पाठकको मुखारविन्दबाट कथा श्रवणको अवसर प्राप्त हुने आयोजकले जनाएको छ।

सात दिनसम्म चल्ने यस कार्यक्रममा प्रथम दिन बिहान १० बजे कलश यात्राबाट कार्यक्रमको शुभारम्भ हुनेछ। प्रत्येक दिन बिहान ७ बजेदेखि पूजन एवं पारायण पाठ, दिउँसो १ बजेदेखि कथा वाचन र साँझ भजन कीर्तन तथा प्रसाद वितरण हुने कार्यतालिका रहेको छ। अन्तिम दिन लक्ष्यदीप-प्रज्वलन एवं हवन पूर्णाहुतिसँगै कार्यक्रमको समापन हुनेछ।

कार्यक्रमलाई आर्थिक सहयोग गर्ने दाताहरूलाई उनीहरूको योगदान अनुसार विभिन्न उपहार र सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ। थप जानकारीका लागि संयोजक मनोज कुमार मिश्रलाई (९८५२०३४७१७) सम्पर्क गर्न सकिने जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्