१६ चैत्र २०८०, शुक्रबार
Tags

भुटानले नेपाललाई ३ लाख डोज कोरोना खोप दिने

रणभूमी सोमबार, साउन १८, २०७८

काठमाडौं / श्रावण १८, भुटानले नेपाललाई कोरोना बिरुद्धको खोपको ३ लाख डोज उपलब्ध गराउने भएको छ।

भुटानले लक्षित समूहलाई खोप दिएपछि, नेपाललाई पनि एस्ट्राजेनेकाको खोप सहयोग भएको हो ।

एक वरिष्ठ सरकारी अधिकारीले भुटानबाट खोप छिट्टै ल्याउने तयारी भइरहेको बताउनुभयो । कूटनीतिक माध्यमबाट परराष्ट्र मन्त्रालयको माध्यमबाट सरकारी स्तरमा एउटा पहल भइरहेको बताइएको छ।

शुक्रबार कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा भुटानबाट खोप आयात गर्ने विषयमा पनि छलफल भएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्