
रणभुमी डेस्क बुधबार, बैशाख १०, २०८२

विराटनगर / महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजना तथा म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालको सह-आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्य विषयक जानकारीमूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
महिला उद्यम समितिकी संयोजक श्रुति शर्माको संयोजकत्व तथा मोरङ उद्योग व्यापार संघका वाणिज्य उपाध्यक्ष अनिल सारडाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको सञ्चालन समितिकी सचिव जिना श्रेष्ठले गरेकी थिइन्।
कार्यक्रममा म्यारी स्टोप्स् इन्टरनेशनल काठमाडौंकी मार्केटिङ एण्ड कम्युनिकेशन मेनेजर हिमा मिश्रले महिलाहरुमा देखिने प्रजनन् स्वास्थ्यका विषयमा प्रस्तुति दिएकी थिइन्।
कार्यक्रममा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति सदस्यहरु, म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालका प्रतिनिधिहरु सहित नेपाल उद्योग वाणिज्य महासंघ-कोशी, नेपाल उद्योग परिसंघ-कोशी, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, उमिन आन्टरप्रिनियर्स एशोसिएशन नेपाल लगायत विभिन्न संघ-संस्थाका महिला उद्यम समितिकी अध्यक्षहरु तथा प्रतिनिधिहरु, विभिन्न विद्यालयका छात्राहरु र महिलाहरुको उपस्थिति रहेको थियो।