१६ चैत्र २०८०, शुक्रबार
Tags

पूर्व मंत्री मिश्र द्वारा प्राचीन प्रगटेश्वर महादेव मंदिर मा रूद्राभिषेक

पूर्व मंत्री मिश्र द्वारा प्राचीन प्रगटेश्वर महादेव मंदिर मा रूद्राभिषेक

अजय मिश्रा मंगलबार, साउन १९, २०७८

कपिलवस्तु / श्रावन १९, सावन महिना खास गरि भगवान शिवको आराधना गरिने गरिन्छ।
साउन महिनामा भगवान शिवको आराधना गरे मनोकामना पूर्ण हुने जन विश्वास रहेको छ ।

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नौं औरहवा (भानपुर) अवस्थित प्राचीन प्रगटेश्वर महादेव मंदिरमा पूर्व मंत्री इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र)ले उक्त स्थानमा अवस्थित महादेव मंदिरमा रुद्राभिषेक गरेका छन् । जस्मा स्थानीय श्रद्धालु लगायत अन्यको उपस्थित रहेको थियो। उक्त शिव मंदिर त्यहाँका चौधरी परिवारले जिणोदार गरेका हुन् । चौधरी परिवारका पूर्वजहरुले सपना देखेर त्यहाँ उत्खननको क्रममा शिव भगवानको मुर्ति भेटिएको थियो । त्यस पश्चात उक्त मंदिरको नाम प्रगटेश्वर महादेव मंदिर राखिएको थियो।

उक्त शिव मंदिर सिद्ध मंदिरको रूपमा चिनिन्छ । उक्त शिव मंदिरमा उत्खनन गरेर कति बर्ष पुरानो मंदिर हो भन्ने कुरा लगायत अन्य कुराको खोज अनुसंधान गर्नु पर्ने , उक्त ठांउमा भौतिक पूर्वाधार निर्माण र मंदिर छेउमा रहेको पोखरीको सुन्दरीकरण सरकारी निकायले गरेको खण्डमा आन्तरिक पर्यटनको रुपमा समेत विकास हुन सक्ने स्थानिय श्रवण कुमार चौधरीको भनाई रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्