
रणभूमी डेस्क बुधबार, बैशाख १७, २०८२

सुनसरी / सुनसरी प्रहरीले लागूऔषध गाँजाको अवैध ओसारपसार गरिरहेको अवस्थामा एक सिटी सफारी र चालकलाई पक्राउ गरेको छ।
प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले हरिनगर गाउँपालिका-३ गौतमपुर क्षेत्रमा गरेको सवारी जाँचका क्रममा प्रदेश १-०२-००४ ह १६४३ नम्बरको सिटी सफारीबाट ४१ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको हो।
उक्त सिटी सफारीका चालक इनरुवा नगरपालिका-७ निवासी ३० वर्षीय अमिर मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न प्रहरीले निरन्तर निगरानी र चेकजाँच बढाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्