
रणभूमी डेस्क बुधबार, बैशाख १७, २०८२

विराटनगर / विराटनगर महानगरपालिका-१३ स्थित एक किराना पसलमा नक्कली भारतीय नोट प्रयोग गरेको आरोपमा एक भारतीय युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार अररिया निवासी १९ वर्षीया सिम्पी बैसन्ती रहेकी छन्। हिजो वैशाख १६ गते सामान किन्ने क्रममा उनले भारतीय ५०० रुपैयाँको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली भएको शंका लागेपछि पसल धनीले प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सिम्पी बैसन्तीको साथबाट ५०० दरका ७ वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ ३ हजार १ सय समेत बरामद गरेको छ।
प्रहरीले पक्राउ परेकी युवतीमाथि आवश्यक कानूनी कारबाही अगाडि बढाउनुका साथै थप अनुसन्धान गरिरहेको जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्