१८ बैशाख २०८२, बिहिबार
Tags

लागू औषध ब्राउन सुगर सहित सातजना पक्राउ

रणभूमी डेस्क बुधबार, बैशाख १७, २०८२

विराटनगर / मोरङ र झापाको विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधि सहित सातजनालाई पक्राउ गरेको छ।

बैशाख १६ गते बिराटनगर महानगरपालिका-१५ मा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पथरीशनिश्चरे-१ का २७ वर्षीय प्रदिप बस्नेतलाई ४ ग्राम १८ मिलिग्राम र २९ वर्षीय गोपाल भारतीलाई १ ग्राम १३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी-८ का २४ वर्षीय गोबिन्दहाङ लिम्बु र ३९ वर्षीय कैलाश रणपहेलीलाई ३ ग्राम ५४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

सोही दिन प्रहरी चौकी गोलधापले झापा हल्दीवारी गाउँपालिका-१ का २१ वर्षीय सबिन चौधरी र २१ वर्षीय रोहन चौधरीलाई प्रतिबन्धित औषधी ट्रामाडोल २० ट्याब्लेट सहित पक्राउ गरेको छ।

यसैबीच, इलाका प्रहरी कार्यालय बुधबारेले चेकजाँचका क्रममा मेचीनगर-१२ का २४ वर्षीय प्रितम मेचेलाई १ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबै व्यक्तिहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्