०२ आषाढ २०८२, मंगलबार
Tags

रिषिदेव समुदायका निरन्तर अध्ययनरत छोरीहरूलाई पुरस्कारको लागि आवेदन माग

रणभूमी डेस्क बुधबार, बैशाख १७, २०८२

विराटनगर / जहदा गाउँपालिकाले २० वर्ष उमेर पुगेपछि पनि निरन्तर अध्ययन गरिरहेका रिषिदेव समुदायका छोरीहरूलाई पुरस्कृत गर्ने कार्यक्रमका लागि आवेदन माग गरेको छ।

गाउँपालिकाले बुधवार सूचना जारी गर्दै आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको “जहदा गाउँपालिकाको संस्कार २० वर्ष उमेर पुगेपछि निरन्तर अध्ययन गर्ने रिषिदेव समुदायको छोरीहरूलाई पुरस्कार कार्यक्रम” कार्यान्वयनका लागि आवेदन आह्वान गरेको हो।

गाउँपालिकामा स्थायी बसोबास गर्ने र २० वर्ष उमेरपछि पनि निरन्तर अध्ययनरत रिषिदेव समुदायका छोरीहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्नुपर्ने जहदा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्ताले जानकारी दिए।

आवेदकले वडाको स्थायी बासिन्दा भएको सिफारिस पत्र, अध्ययन गरिरहेको शिक्षण संस्थाको अध्ययन निरन्तरता सम्बन्धी सिफारिस पत्र, नागरिकताको प्रतिलिपि र सक्कल निवेदन पेश गर्नुपर्नेछ।

यहाँ कमेन्ट गर्नुहोस्