१९ बैशाख २०८२, शुक्रबार
Tags

प्रहरीहरूलाई सुनसरीमा निशुल्क आँखा जाँच

मोहमद अकील बिहिबार, बैशाख १८, २०८२

इनरुवा / जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी आँखा अस्पताल इनरुवाको संयुक्त आयोजनामा प्रहरी कर्मचारीहरूका लागि निशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार कोशी आँखा अस्पताल इनरुवामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका इकाईहरूमा कार्यरत प्रहरी कर्मचारीहरूले सेवा लिएका छन्। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित यस कार्यक्रमले स्वास्थ्य सेवामा प्रहरी कर्मचारीहरूको पहुँच बढाउने उद्देश्य राखेको थियो।

कार्यक्रममा विशेषज्ञ चिकित्सकहरूले प्रहरी कर्मचारीहरूको आँखाको विस्तृत परीक्षण गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखले यस्ता स्वास्थ्य कार्यक्रमहरूले प्रहरी कर्मचारीहरूको स्वास्थ्य स्थिति सुधार्न सहयोग पुग्ने र कार्य क्षमता बढाउने विश्वास व्यक्त गरे।

कोशी आँखा अस्पताल इनरुवाले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू निरन्तर गर्दै जाने प्रतिबद्धता जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्