२० बैशाख २०८२, शनिबार
Tags

सुनसरीमा कटुवा पेस्तोल सहित एक युवक पक्राउ

रणभूमी डेस्क शुक्रबार, बैशाख १९, २०८२

सुनसरी / सुनसरीको हरिनगर गाउँपालिका-७ मा स्थानीय एक व्यक्तिलाई कटुवा पेस्तोल राखेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय सजाद अन्सारी रहेका छन्। वैशाख १८ गते अपरान्ह बादविवादको क्रममा अन्सारीले पेस्तोल निकालेको भन्ने स्थानीयबासीको सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो।

स्थानीयको खबर पाउनासाथ प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

हतियार सहित पक्राउ परेका अन्सारीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अवैध हातहतियार राख्ने तथा प्रयोग गर्ने कार्य कानुनी रूपमा अपराध हुने प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्