२४ बैशाख २०८२, बुधबार
Tags

कोशी लगायत चार प्रदेशमा मेघगर्जन/चट्याङ्गसहित वर्षा जारी

रणभूमी डेस्क आइतबार, बैशाख २१, २०८२

विराटनगर / हाल गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान ३:३० बजेको मौसम अपडेटमा मेघगर्जन र चट्याङ्गसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै गरेको जनाइएको छ। यसक्रममा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका बाँकी केही भू-भागहरू तथा मधेश प्रदेशको समेत थोरै भू-भागहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

विभागले चट्याङ्ग तथा मेघगर्जनको समयमा सुरक्षित स्थानमा बस्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। मौसम विभागका अनुसार प्रि-मनसुनको समयमा यस्तो वर्षा र चट्याङ्गको जोखिम बढी हुने हुँदा विशेष सावधानी अपनाउन आवश्यक रहेको छ।

मौसम विभागले पछिल्लो एक घण्टामा भएको वर्षाको मात्रा सम्बन्धी तथ्यांक समेत सार्वजनिक गरेको छ। विभागले घरबाहिर खुला ठाउँमा नबस्न, रुखमुनि आश्रय नलिन र विद्युतीय उपकरणहरू नछुन समेत सुझाव दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्