
रणभूमी डेस्क आइतबार, बैशाख २१, २०८२

विराटनगर / पूर्वी नेपालका विभिन्न जिल्लाहरू खोटाङ, उदयपुर, सुनसरी र मोरङबाट प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ मा गरेको चेकजाँचका क्रममा मोरङ बेलबारी निवासी १९ वर्षीय दिवश धिमाललाई २ ग्राम ४७ मिलिग्राम, बेलबारी-२ का २१ वर्षीय सन्तोष ऋषिदेवलाई ३ ग्राम २७ मिलिग्राम र भारत बिहार पुर्णियाका २५ वर्षीय गौरब जैनलाई ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाउँपालिका-४ का ४५ वर्षीय चन्द्र शेखर मण्डललाई २ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ। सुनसरीको प्रहरी चौकी कप्तानगंजले देवानगंज गाउँपालिका-५ का ३१ वर्षीय पप्पु यादवलाई ३२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
खोटाङमा जिल्ला प्रहरीले साकेला गाउँपालिका-२ का २२ वर्षीय संगम राई र २८ वर्षीय सैलेश बजिमयलाई प्रतिबन्धित औषधी ट्रामाडोल १४५ क्यापसुल र १५६ ट्याबलेट डायजे-२० सहित पक्राउ गरेको छ।
उदयपुर प्रहरीले त्रियुगा नगरपालिका-१३ की २७ वर्षीया कल्पना चौधरी र ५५ वर्षीय देव नारायण चौधरीलाई ३ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिहरूको थप अनुसन्धान भइरहेको छ। पछिल्लो समयमा पूर्वी नेपालमा लागूऔषध कारोबार बढ्दो क्रममा रहेको र प्रहरीले यसविरुद्ध कडाइका साथ अभियान संचालन गरिरहेको जनाइएको छ।