२५ बैशाख २०८२, बिहिबार
Tags

भेडयारीमा सचेतनामूलक कार्यक्रम

रणभूमी डेस्क आइतबार, बैशाख २१, २०८२

बिराटनगर / अस्थायी प्रहरी पोष्ट भेडयारी, मोरङले आईतवार समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

विराटनगर महानगरपालिका-१८ स्थित मुसर बस्तीमा आयोजित कार्यक्रममा अल्पसंख्यक समुदायका विषयमा जानकारी दिइएको थियो। कार्यक्रममा स्थानीय समुदायका करिब २५ जनाको उपस्थिति रहेको थियो।

बिहान ९ बजेदेखि शुरु भएको कार्यक्रममा अस्थायी प्रहरी पोष्ट भेडयारीका प्रहरी सहायक निरीक्षक श्याम नारायण यादवले अल्पसंख्यक समुदायको अधिकार, सुरक्षा र समाजमा उनीहरूको भूमिकाका बारेमा जानकारी गराएका थिए।

कार्यक्रमका सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने बताएका छन्। अल्पसंख्यक समुदायलाई मूलप्रवाहीकरण गर्न यस्ता कार्यक्रम नियमित रूपमा संचालन गर्नुपर्ने सहभागीहरूको सुझाव रहेको थियो।

समुदाय प्रहरी साझेदारी अवधारणा अनुसार स्थानीय समुदाय र प्रहरीबीच समन्वय स्थापना गरी सामाजिक सुरक्षा र सद्भाव कायम गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिँदै आएको प्रहरीले जनाएको छ। उक्त कार्यक्रम बिहान १० बजे सम्पन्न भएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्