
रणभूमी डेस्क सोमबार, बैशाख २२, २०८२

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका-१ मा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राति ३३० किलोग्राम गाँजा बेवारिसे अवस्थामा फेला पारेको हो।
वैशाख २१ गते राति लागू औषध गाँजाको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उक्त स्थानमा छापा मारेको थियो। प्रहरीले बराहक्षेत्र-१ स्थित सडक किनारमा ११ वटा प्लास्टिकको बोरामा राखिएको गाँजा फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न रहेका व्यक्तिहरूको खोजतलास तथा थप अनुसन्धान कार्य तीव्र रूपमा भइरहेको छ। यस क्षेत्रमा लागू औषधको ओसारपसार निकै चुनौतीपूर्ण बन्दै गएको र प्रहरीले यस किसिमका अवैध गतिविधिहरू नियन्त्रण गर्न विशेष अभियान संचालन गरिरहेको जनाइएको छ।
यहाँ कमेन्ट गर्नुहोस्