१४ बैशाख २०८१, शुक्रबार
Tags

ब्राउन सुगर सहित एक जना पक्राउ एक फरार

रणभूमी बुधबार, साउन २०, २०७८

झापा / श्रावण २०, झापा गौरादह नगरपालिका १ गौरादह बजार स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् ।

हिजो दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाईकल चालक रहेका ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको थियो । पक्राउ परेका ताजपुरियालाई सोधपुछ गर्दा मैले गौरादह २ का ३९ बर्षीय सुमन कुमार कार्कीबाट खरिद गरेको हो भनि जानकारी गराएका थिए ।

जानकारी पाए पश्चात तत्कालै प्रहरी टोली खटि गई कार्कीको घरकोठा भित्र लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला पारेको हो । सुमन कुमार कार्की भने तत्काल फरार रहेकोले खोजतालस भईरहेको १नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्