०८ बैशाख २०८१, शनिबार
Tags

विराटनगर बाट बनेको “भोलेबाबा के हम छी पुजारी” धूम मचाउँदै यू ट्युबमा

रणभूमी बुधबार, साउन २०, २०७८

विराटनगर / श्रावण २०, सरकार सिने क्रिएसन को ब्यानर अन्तर्गत सन्तोष सरकारको निर्देशनमा बनेको मैथिली भिडीयो गित “भोलेबाबा के हम छी पुजारी” विराटनगर बाट निर्माण गरी नेपाल , भारतको लाखौं दर्शकहरुको निम्ती यू ट्युब च्यानल बाट रिलिज भएको छ ।

श्रावन महीनामा अत्यधिक सुनिने शिव जी को भजन श्रावणकै १८ गते सोमबारको दिन यू ट्युब च्यानलमा प्रदर्शनको निम्ती अपलोड गरिएको गितमा दर्शकहरुले राम्राे प्रतिक्रिया दिई मन पराईदिएका छन् ।

सरकार को निर्देशनमा बनेको उक्त मैथिली भिडीयो गितमा शब्द सन्तोष झाको रहेको छ भने स्वर बब्लु कुमार र अमृता माझीको रहेको छ । स्टार स्टुडियोमा रेकर्डिङ गरीएको गीतामा म्युजिक हारून राषिदले कम्पोज गरेकाे हाे ।

गितमा मुख्य कलाकारको रुपमा धेरै वटा हिन्दी र मैथिली गीतहरूमा नायक भएर अभिनय गरेका बिक्रम गुप्ता तथा साथमा काजल कर्णलाई देख्न सकिन्छ । त्यसै गरी सह कलाकारहरुमा राजु यादव, मधु साह, प्रदिप साह, मञ्जु साह, अजय साह र विरु साह लगायतलाई देख्न सकिन्छ । गीतामा नृत्य निर्दशन रोहित श्रेष्ठले गरेका छन् भने लाईटमा बिनोद सिंह र सुशील पासवान रहेको छ । त्यसैगरी सो गीत पवन कुमार सहनीले सम्पादन गरेको निर्देशक सरकारले बताएका हुन् ।

सबै प्राविधिकहरुको राम्रो मेहनतले गर्दा गित हरेक बर्षको श्रवण महीनामा मात्र नभई दर्शकहरुले जहिले पनि हेर्ने र सुन्ने लक्ष्य लिएको सदाबहार गित भएको बताएका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्