२६ बैशाख २०८२, शुक्रबार
Tags

हत्या आरोपी रामदहिन महतो पक्राउ

रणभूमी डेस्क बिहिबार, बैशाख २५, २०८२

जनकपुरधाम / धनुषा प्रहरीले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी रामदहिन महतोलाई सोमबार पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका-२३ निवासी ५५ वर्षीय महतो भन्ने गुजरा महतोलाई धनौजी गाउँपालिका-४ बाट जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

महतो समेतको संलग्नतामा गत चैत २ गतेको चक्कु प्रहार घटनामा सोही ठाउँका १८ वर्षीय आशु यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो। उक्त घटनामा रूपेश कुमार यादव पनि घाइते भएका थिए।

घटना पश्चात फरार रहेका महतोलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो। पक्राउ पश्चात प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रहरी अधिकारीका अनुसार महतो विरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइनेछ।

यहाँ कमेन्ट गर्नुहोस्