
रणभूमी डेस्क शुक्रबार, बैशाख २६, २०८२

विराटनगर / मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरले बिहीबार साँझ अलग-अलग कारबाहीमा तीन जनालाई खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ।
पहिलो घटनामा सुनसरी धरान उपमहानगरपालिका-८ का ४६ वर्षीय राज तामाङ र सोही उपमहानगरपालिका-१५ का ३५ वर्षीय प्रबिन पोखरेललाई भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा १ ग्राम २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो।
अर्को छुट्टै घटनामा सोही दिन साँझ र सोही स्थानबाट सुनसरी इटहरी उपमहानगरपालिका-१२ का ३१ वर्षीय अमृत बङ्गालीलाई २ ग्राम ८०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्