२७ बैशाख २०८२, शनिबार
Tags

नेपाली राजदूतावासले जम्मू-कश्मीर आतंकवादी हमलापछि भारतमा रहेका नेपालीहरुलाई सचेत रहन आग्रह

रणभूमी डेस्क शुक्रबार, बैशाख २६, २०८२

नयाँ दिल्ली / भारतको जम्मू-कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछिको परिस्थितिलाई मध्यनजर गर्दै नेपाली राजदूतावास, नयाँ दिल्लीले भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ।

राजदूतावासले आज जारी गरेको अत्यन्त जरुरी सूचनामा भारतमा रहेका नेपालीहरुलाई संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न अपिल गरेको छ। साथै भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्बन्धी निर्देशनहरुको पालना गर्न पनि आग्रह गरिएको छ।

कुनै आपतकालीन अवस्था आएमा राजदूतावासले आवश्यक समन्वय र सहजीकरणका लागि सम्पर्क नम्बरहरू पनि उपलब्ध गराएको छ। सूचना अनुसार नेपाली राजदूतावास, नयाँ दिल्लीमा टेलिफोन नं: +९१-११-२३४७६२०० र हटलाइन नं: +९१-८९२९६०१९२५ मा सम्पर्क गर्न सकिनेछ।

त्यसैगरी नेपाली महावाणिज्यदूतावास, कोलकत्ताको टेलिफोन नं: +९१-०३२-४५६१२२४ र मोबाइल नं: +९१-९७४८४६६९०० मा पनि सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।

यो सूचना नेपाली राजदूतावास, नयाँ दिल्लीबाट २०८२ वैशाख २६ गते जारी गरिएको हो।

यहाँ कमेन्ट गर्नुहोस्