३० बैशाख २०८२, मंगलबार
Tags

वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा एक महिला पक्राउ

रणभूमी डेस्क सोमबार, बैशाख २९, २०८२

काठमाडौं / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका-५ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-५ घर भएकी ३३ वर्षीया दिपा कुमारी पोख्रेललाई शनिबार प्रहरीले पक्राउ गरेको हो। उनले पोल्याण्ड पठाइदिन्छु भन्दै एक पीडितबाट दुई लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएकी थिइन्।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई गोकर्णेश्वर नगरपालिका-५ बाट पक्राउ गरेको हो।

प्रहरीले दिपा कुमारी पोख्रेललाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्