
रणभुमी डेस्क शनिबार, जेठ ०४, २०८२

विराटनगरमा सार्वजनिक यातायातको भाडादर अनुगमन गरियो। लोकसेवा परीक्षार्थीहरूबाट मनपरी भाडा लिएको गुनासो बढेपछि मोरङ ट्राफिक प्रहरी प्रमुख राजन लम्सालको नेतृत्वमा अनुगमन अभियान शुरु गरिएको हो। अनुगमनमा केही सवारी साधनले निर्धारित भन्दा बढी भाडा लिएको पाइएको छ। प्रहरीले चालकहरूलाई निर्धारित भाडादर लागू गर्न निर्देशन दिएको छ र अनियमितता गर्नेलाई कानूनी कारबाही गरिने चेतावनी दिएको छ। प्रहरी निरीक्षक लम्सालले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने बताएका छन्।
यहाँ कमेन्ट गर्नुहोस्