१६ चैत्र २०८०, शुक्रबार
Tags

जोन्सन एण्ड जोन्सन खोप लगाउन हेल्थ पोष्टमा उत्साहजनक सहभगिता

कठिनाई, अनियमितता हुन नदिन वडा अध्यक्ष असलम आलमको कडा निगरानी

रणभूमी बुधबार, साउन २०, २०७८

विराटनगर / विराटनगर १५ स्थित स्वस्थ केन्द्रमा ( हेल्थ पोष्ट ) कोरोना विरुद्धको भ्याक्सिन जन्सन एण्ड जोन्सन खोप लगाउन सर्वसाधारणको उत्साहजनक सहभगिता रहेको छ ।

कोबिड सिल्ड र भेरोसेल खोप भन्दा जन्सन एण्ड जन्सनको एक डोज खोपले पुग्ने हुनाले सबैलाई सहज रुपमा उपलब्ध हुने भएर पनि महिला तथा पुरुषहरुको सहभागिता उत्साहजनक देखिएको हो । खोप केन्द्रमा सर्वसाधारणहरुलाई कठिनाई, अनियमितता हुन नदिन सहजताका लागि विराटनगर १५ का वडा अध्यक्ष असलम आलम समेत आफै लागिपरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्